कलैया नगरपालिका
परिचय
२०३९ सालमा स्थापित काठमाण्डौबाट ३०६ कि.मी. र बीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको एक मात्र नगरपालिका हो । स्थापना कालमा यस न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर। बरैया। बघवन, रामपुर, गाबिसलाई समेटिएको थियो । ११ वडामा बिभाजित यस न.पा.मा २०४७ सालमा भतौडा, ब्रहमपुरी, बिश्वम्भरपुर गा.बि.स. थप गरी १४ वडामा बिस्तार गरी यसको क्ष्ोत्रफल बढाइएको थियो । ३२२३.५ हे. क्षेत्रफल भएको न.पा. हाल कृषि उत्पादनको दृष्टिकोणले उर्वर भूमिको रुपमा चिनिन्छ भने एशियामा सबैभन्दा बढि बलि चढ्ने श्री गढिमाई मन्दिर नजिक भएको कारणले यस न.पा. पर्यटकिय क्षेत्रको रुपमा पनि बिकसित हुने क्रममा छ ।





